• Breaking News

    Tuesday, October 31, 2017

    आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु


    १५ कात्तिक, काठमाडौं । नेपालमा आठ महिनामा ६५ कैदीबन्दीको मृत्यु भएको छ । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार विसं २०७३ फागुनदेखि हालसम्म ६५ जनाको मृत्यु भएको हो । विभागले २०७३ फागुन २६ गतेदेखि मात्र मृत्यु भएका कैदीबन्दीको विवरण राख्न शुरु गरेको हो ।

    केन्द्रीय कारागार, जगन्नाथ देवलमा १३, सुनसरीको झुम्का कारागारमा नौ, जिल्ला कारागार चितवनमा आठ, मोरङ कारागारमा सात, बर्दियामा दुई, नख्खु दुई, इलाम दुई, महोत्तरी दुई, संखुवासभा दुई, झापा दुई, म्याग्दी एक, डिल्लीबजार एक, गोरखा एक, पर्सा एक र प्यूठानमा एकजनाको मृत्यु भएको छ । विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले अधिकांश कैदीबन्दीको बिरामी भएपछि उपचारका लागि अस्पतालमा भर्ना गरेर उपचार गर्दागर्दै निधन भएको जानकारी दिए ।

    “कैदीबन्दीलाई सामान्य रोग लागे उपचार कारागारभित्रै गर्छौं, जटिल समस्या देखा परे सम्बन्धित जिल्लाका अस्पताल वा काठमाडौँका ठूला अस्पतालमा पठाउँछौँ, अधिकांशको उपचारका क्रममा निधन भएको हो,”– महानिर्देशक घिमिरेले भने ।

    मृत्यु भएका ६५ जनामध्ये एक जनामात्र बन्दीगृहभित्र मृत्यु भएको विभागले जनाएको छ । हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजार संख्यामा कैदीबन्दी रहेका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel