• Breaking News

    Tuesday, October 31, 2017

    माओवादी नेता बालकृष्ण ढुंगेल सदरखोर चलान


    १४ कात्तिक, काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजार चलान गरिएको छ ।

    अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।मंगलबार विहान ललितपुरको सातदोबाटोबाट पक्राउ परेका ढुंगेललाई अपरान्ह काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई अदालतको अनुमतिपछि जेल चलान गरिएको हो ।

    जेल चलान हुँदै गर्दा पूर्व सभासद ढुंंगेलले आफूलाई जनयुद्धकालिन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।

    ओखलढुंगा पोकलीका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

    त्यसयता उनी प्रहरी प्रशासनको नजरमा लुकिछिपी रहे पनि कसैले पक्राउ गर्न सकेको थिएन ।

    यो पनि पढ्नुस्

    बालकृष्ण ढुंगेलः डेराबाट निस्किनासाथ ‘दाह्रीवाल’को फन्दामा

    सर्वोच्चबाट जन्मकैदको सजायँ पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

    २०७४ कार्तिक १४ गते १५:१० मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel