• Breaking News

    Sunday, October 1, 2017

    वानपिस र गाउनले ग्ल्यामर देखाउँछ– दिपिका


    डेब्यु चलचित्र प्रदर्शन नहुँदै राम्रो उचाइ पाउने कमै अभिनेत्री छन् कलिउड नगरीमा । दिपिका प्रसाईं पनि तीमध्येकी एक अभिनेत्री हुन् । प्रचारप्रसारले बजार तताउन सफल ‘ऐश्वर्या’बाट अभिनयमा डेब्यु गर्दैछिन् उनी । डेब्यु चलचित्र नै राम्रो ब्यानरको अफर पाएकी उनलाई ‘ऐश्वर्या’मा अभिनेता रमेश उप्रेतीको अपोजिट भूमिका देख्न पाइन्छ । पहिलो भए पनि चलचित्रमा उनले राम्रो काम गरेको अनुमान प्रचार सामग्रीले लगाउन सकिन्छ । ‘ऐश्वर्या’ मा आफूले राम्रो काम गरेको उनले दाबी गरिन् । हुन त दिपिकाको कला यात्रा यो नै पहिलो भने होइन । उनी केही मोडलिङ अनुभवसहित अभिनयमा उत्रिएकी हुन् । ‘ऐश्वर्या’ अभिनेत्री दिपिकालाई रातोपाटीका दश प्रश्न :

    डेब्यु चलचित्र प्रदर्शनमा आउँदैछ, कस्तो लागिरहेको छ ?
    – एकदमै खुसी छु । प्रचार प्रसारमा समेत जुटिरहेकी छु । प्रचारका कारणले होला विदेशका साथीहरू, टिचरलगायतले अभिनयको बारेमा राम्रो रेस्पोन्स गर्नुभएको छ । ह्यापी छु ।

    अभिनयमा त आउनु भयो, सौन्दर्यतिर कतिको रुचि छ ?
    – हेभी मेकअफभन्दा पनि हल्का मेकअफ मनपर्छ मलाई । सनब्लक क्रिम र लाइट फाउन्डेसन मैले छुटाउँदिन । बाहिर कतै जानुपर्यो भने मेकअपका लागि आधा घन्टा मिनिमम लाग्छ । सनब्लक र मस्कार मेरा मनपर्ने मेकअपका सामग्री हुन् ।

    फेसनतिर कतिको रुचि छ ?
    – धेरै रुचि छ । आफूलाई फेसनका मामलमामा अपडेट राख्ने गरेकी छु । लगाउन क्याजुअल ड्रेस नै कम्फर्टेबल लाग्छ । वान पिस, गाउन पनि मनपर्छ । वान पिस र गाउनले मलाई ग्ल्यामरस देखाउँछ ।

    फिटनेस गर्ने गर्नुभएको छ ?
    अहिलेसम्म गर्नुपरेको छैन । मेरो अहिले परफेन शरीर प्रकिृतिको देन हो । एकदम फिट छु । अब चाहिँ गर्नुपर्छ कि भन्ने लागेको छ । चलचित्र अभिनयका लागि पनि फिट रहनु पर्छ ।

    भविष्यको योजना ?
    – अभिनयमा भर्खर प्रवेश गरेकी छु । यो क्षेत्रमा निरन्तरता दिने हो । पहिलो चलचित्र ‘ऐश्वर्या’ प्रदर्शनको तयारीमा छ । चलचित्र प्रदर्शनमा आएपछि कस्तो प्रतिक्रिया आउँछ । त्यो त्यसले कतातिर अगाडि बढ्ने भन्ने निर्धारण गर्छ ।

    कलाकारिता रहर मात्र हो कि ?
    –यो क्षेत्रमा आउने धेरै पहिलेदेखिको इच्छा थियो । प्लस टु सकेपछि आउँछु भन्ने लागेको थियो । तर पढाइलाई निरन्तरता दिन थालेकाले आउन सकिनँ । अहिले ब्याचलर सकेर होमिएकी हुँ । चलचित्रको अफर त पहिलेदेखि नै आउने गरेको थियो । डेब्युका लागि अहिलेको समय उपयुक्त लाग्यो ।

    आफ्नै शरीरको कुन अङ्ग आकर्षक लाग्छ ?
    – मेरो स्माइल राम्रो छ भन्छन् सबैले । स्माइल दिने भनेको ओठले हो । ओठ आकर्षक छ ।

    गीत सङ्गीतमा पनि रुचि छ कि ?
    – मनपर्छ । स्याड लभ सङ्ग र लभ सङ्ग सुन्न रुचाउँछु ।

    अभिनेत्रीलाई प्रेम प्रस्ताव कति आउँछन् ?
    –आउने गर्छ । आइरहेको पनि छ । त्यसलाई नर्मल रूपले हेर्ने गरेकी छु । पहिलो प्रेम प्रस्ताव ७, ८ कक्षा पढ्दा आएका थिए । त्यतिबेला सानै भएकाले चासो दिइनँ । अहिले बिस्तारै बुझ्दै छु ।

    रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
    – अहिलेसम्म त्यस्तो व्याक्ति रोजेकी छैन । मलाई बलिउडकी हिरोइन दिपिका पादुकोण र हिरो अमिर खान मनपर्छ । सायद अमिरसँग जान्छु ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel