• Breaking News

    Monday, October 30, 2017

    नवलपरासीमा पनि सवारी दुर्घटना, एकजनाको मृत्यु


    नवलपरासी, १३ कात्तिक । नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका–४ जितपुरमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी अन्य एक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम–६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु २ प ४२०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ प ५१०८ नम्बरको मोटरसाइल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो । रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel