• Breaking News

    Monday, October 30, 2017

    वाम एकताले जनता उत्साहितः पूर्व गृहमन्त्री बस्नेत


    १४ कात्तिक, जाजरकोट । वामपन्थी एकताले देशैभरिका जनता खुशी भएको पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन । स्थायी शान्ति, समृद्धि र आर्थिक समुन्नतिका लागि एकता जरुरी रहेकाले जनता खुशी भएको उनले बताए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेत जाजरकोटबाट प्रतिनिधिसभाको वाम गठबन्धनका उम्मेदवार हुन ।

    जिल्लाको पश्चिम क्षेत्रको थलहमा सोमबार भएको संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै बस्नेतले यस्तो दाबी गरेका हुन । बस्नेतले भने, “एकले अर्कालाई गाली गरेर विकास हुँदैन, विकास त सहकार्य, सहमति गरेर हुने हो ।” प्रतिस्पर्धी दललाई संकेत गर्दै बस्नेतले भने, “जनता सबैका बराबर हुन्, विकासका लागि कित्ताकाट गरी जनताको विकासवादी मनलाई निमोठ्ने काम नगरौँ, जिल्लाका सबै ठाउँमा विकास गर्ने हाम्रो लक्ष्य हो, हाम्रा लागि सबै समान हुन् ।”

    कार्यक्रममा नेकपा (एमाले)का जिल्लास्तरीय नेता र माओवादी केन्द्रका नेता एकै मञ्चमा एक भएजस्तै गरी बोल्दा कार्यक्रमको रौनक बढेको थियो । सधैँ एकले अर्कालाई गाली, घोचपेच मात्र गरेको भाषण गर्ने नेताहरु एकले अर्कोको सम्मान गर्दै भाषण गरेको देख्दा कार्यक्रमस्थलमा सबैको मुहारमा खुशियाली छाएको स्थानीय कार्यकर्ताले बताए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel