• Breaking News

    Sunday, October 1, 2017

    विवाहै नगरी बनेकी थिइन् आमा, ४९ वर्षमा लगनगाँठो कस्ने यी नायिका


    बलिउडमा करियरको उचाईमा पुगेका नायिका विवाह गर्न पनि डराउने बेलामा नायिका नीना गुप्ताले विवाह नै नगरी आमा बन्ने निर्णय लिएर सबैलाई अचम्मित बनाइदिए । आज ५८ वर्षको उमेरमा पनि निना आफ्नो उक्त निर्णयमा गर्व गर्छिन् । सन् १९५९ जुलाई ४ मा दिल्लीमा जन्मिएकी नीना संस्कृत भाषामा मास्टर्स गरेकी छिन् र यसै भाषामा उनले एमफिल पनि गरिसकेकी छिन् ।

    निना गुप्ताले टेलिश्रृङ्खला ‘खानदान’ मार्फत सानो पर्दाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले यसैमार्फत सफलता हाँसिल गरेर बलिउडसम्मको यात्रा तय गर्न पुगिन् ।

    तर निनाको त्यतिबेला चर्चा भयो जब उनको अफेयर वेस्ट इन्डिजका क्रिकेटर भिभियन रिचर्ड्ससँग सुरु भयो र त्यसपछि विवाह नै नगरी छोरीकी आमा बनिन् ।

    जब रिचर्डले निनालाई भेटे तब त्यतिबेला उनी दुई सन्तानका पिता थिए र आफ्नी श्रीमतीसँग अलग्गिएर बसेको बताइन्छ । तर श्रीमतीसँग छुट्टिइसकेपछि पनि उनले निनासँग विवाह गरेनन् ।

    निना गुप्ताकी छोरी मशाबा एक चर्चित फेशन डिजाइनर हुन् । निनाले आफ्नी छोरीलाई कहिले पनि पिताबाट टाढा राख्ने कोसिस गरिनन् । विशेष मौकामा मशाबा आफ्ना पितालाई भेट्ने गर्छिन् र दुबैबिच निकै राम्रो सम्बन्ध छ ।

    टेलिभिजन सिरियल सांसबाट निना गुप्ताले इन्डियन टेलिभिजनमा एक नयाँ कहानीको सुरुवात गरिन् । श्रीमानले धोका दिएकी एक महिलाको भूमिकामा निनाले उत्कृष्ट अभिनय गरेकी थिइन् ।

    नायक राजेन्द्र गुप्तासँग मिलेर निना गुप्ता आफ्नो एक थिएटर ग्रुप पनि चलाउँछिन् जसका नाम सहज प्रोडक्शन हो ।

    छोरीको हेरचाहका लागि निनाले विवाह गरेकी थिइनन् तर ४९ वर्षको उमेरमा उनले जीवनसाथीको रुपमा विवेक मेहरा पाइन् र दुबैले सन् २००८ मा विवाह गरे ।

    निना धेरैजसो सोसल मिडियामा आफ्ना पुराना साथी र सह–कलाकारसँगको फोटो सेयर गर्ने गर्दछिन् ।

    नेशनल अवार्ड विजेता निना गुप्तालाई उनको फिल्म गान्धी, मन्डी, कस्टडी, कटन, मेरी र खलनायकजस्ता फिल्मका साथै टेलिभिजन सिरियल खानदान, मिर्जा गालिब, सांस, लेडिज स्पेशल, भार एक खोजजस्ता चर्चित कार्यक्रमका लागि सधैं याद गरिनेछ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel