• Breaking News

    Friday, August 18, 2017

    बाढी पीडितलाई २५ करोड सहयोग गर्ने मोदीको बचन


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । देउवासंगको कुराकानीका क्रममा मोदीले बाढी र पहिरोका कारण नेपालमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै २५ करोड रुपैयाँबराबर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासँग राहत र उद्धार कार्यमा भारत सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन । शुक्रबार साँझ ६ बजे भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरेको देउवाको निजी सचिवालयले जानकारी दिएको छ । ‘भारतीय प्रधानमन्त्रीले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्दार र राहत कार्यमा सक्दो सहयोग गर्ने वचन दिनुभयो’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel