
काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा भारी वर्षा पछि आएको बाढीमापरि २ सय १८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । गुजरातका अधिकारीहरुले दुई दिनको अन्तरमा करिब एक सयवटा शव फेला परेकाले मृत्यु हुनेको संख्या बढेको हो ।
अधिकारीहरुले राज्यका करिब ४ लाख ५० हजार मानिस प्रभावित भएको जनाएका छन् । यो वर्षको मनसुनका कारण भारतका २० राज्यका करिब १० लाख मानिस प्रभावित भएका छन् ।
No comments:
Post a Comment