• Breaking News

    Thursday, August 17, 2017

    बालिकालाई जन्म दिएर अनाथालय कुरियर गर्ने यी आमा


    चीनमा एक आमाले केही दिन अघि जन्मिएकी छोरीमाथि यस्तो व्यवहार गरेकी छिन्, सायद विश्वास गर्न गाह्रै हुन्छ । चीनको फुजान प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लाष्टिक ब्यागमा प्याक गरेर उनलाई अनाथालय कुरियर गरिदिइन् । कुरियरमा संलग्न व्यक्तिले प्याकेटमा हलचल देखेपछि यसबारे पुलिसलाई जानकारी दिए ।

    कूरियर बोइका अनुसार महिलासँग प्याकेज लिनेबेला उनी एकपटक त्यसको परिक्षण गर्न चाहन्थ्यो तर महिलाले उनलाई यस्तो गर्नबाट अस्विकार गरे । उनले प्याकेजलाई अनाथालय पुर्याउने क्रममा थिए बाटोमा नै उनले बच्चा रोएको आवाज सुने । जब उनले प्याकेज खोलेर हेरे तब उनले त्यसमा नवजात बालिका भेटे । पेइचिङ न्यूजका अनुसार कुरियर बोइले पुलिसलाई यसको सूचना दिए । पुलिसले बालिकालाई आफूसँगै राखेर अस्पताल पठाए र महिलालाई हिरासतमा लिइयो ।

    २४ वर्षीया महिला सिचुआन प्रान्तमा बस्छिन् । डाक्टरले नवजात शिशुको स्वास्थ्य स्थिर भएको बताए । सोसल मिडियामा समाचार भाइरल भएपछि थुप्रै प्रयोगकर्ताले बालिकालालई उनको अभिभावक नभई अनाथालय नै पठाउनुपर्ने सल्लाह दिएका छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel