• Breaking News

    Wednesday, August 30, 2017

    म्याद गुज्रेको कच्चा पदार्थ प्रयोग भएको भन्दै दुगडमा छापा


    काठमाडौँ । नेपाली बजारमा पाइने सामाग्रीको गुणस्तरीयतामा बेला–बेला प्रश्न उठ्ने गरेको छ । ठूला भनिएका व्यापारी घरानामा पनि लापरबाही र चरम कालोबजारीमा मुछिने गरेका छन् । पटक–पटक लापरबाही र चरम कालोबजारी समेत गर्दापनि कारबाहीको दायरामा आउन नसकेको दुगड ब्यापारिक घराना फेरि अर्को काण्डमा मुछिएको छ । दुगड समूहबाट उत्पादित फ्रुटि र एपी नामको जुस उत्पादन गर्ने कारखानामा म्याद गुर्जेको कच्चा पदार्थको प्रयोग गरेको पाईएपछि दुगड समूह कारवाहीको दायरामा तानिएको छ ।

    दुगड फ्रुट एण्ड बेफरेजले गुणस्तहिन फ्रुटी उत्पादन गरेको भन्दै सुतंगलस्थित गोदाममा जिल्ला प्रशासन कार्यलय, काठमाण्डौँ र महानगरिय अपराध महाशाखाको संयुक्त टोलिले छापा मारेर सिलबन्दी गरेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी नामक जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा महाशाखाले छापा मारेको हो । जिल्ला प्रसासन कार्यालयका अनुसार कम्पनीको गोदाममा ४ सय ड्रम मिति गुज्रेको म्याङ्गो पल्प भेटिएको छ ।

    सर्वसाधारणको गुनासोका आधारमा गत असारमा पनि आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त अनुगमन टोलीले दुगडको गोदाममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फ्रुटीमा अखाद्य केमिकल जस्तो पदार्थ भेटे पछि शिलबन्दी गरेको थियो । र यसपटक पनि जुसमा अखाद्य बस्तु भेटिएपछि दुगड समूहले उत्पादन गर्दै आएको जुसको गुणस्तर र अन्य बिषयमा अनुसन्धान भइरहेको छ । आवश्यक अनुसन्धानको लागि दुगडको व्यवस्थापकलाई समेत अनुसन्धानको दायरामा राखिएको कार्यालयले जनाएको छ ।

    गत बर्ष भएको नाकाबन्दीको समयमा पनि केएल दुुगड समुहले धारा, सूर्यमुुखी तेल लगायतका दैनिक उपभोग्य खाद्य सामाग्रीहरुको स्टिकर नै परिवर्तन गरेर चर्काे मूल्यमा बिक्री तथा भण्डारण गरेको प्रमाण फेला परेपछि दुुगड ग्रुपका बिरुद्ध काठमाण्डौ जिल्ला अदालतमा ठगी तथा कालोबजारी अन्र्तगत मुुद्दा दायर गरिएको थियो । सोही मुुद्दामा अदालतले दुुगड ग्रुपका सबै सञ्चालकहरुलाई दोषी ठहर गर्दै ९ करोड रुपैयाँ भन्दाबढी रकम ठगी गरेको फैसला गर्दे तत्काल पक्राउ गर्न आदेश दिएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेको भएपनि दुुगड ग्रुपका सञ्चालकहरु नेपाल तथा भारतमा बसेर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । तर हालसम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्ने आँट गर्न सकेको छैन ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel