• Breaking News

    Tuesday, August 1, 2017

    सिड्नीमा सिन्धु मल्लको वाहवाही


    १ अगस्ट , सिड्नी ।अष्ट्रेलियावासी नेपाली महिलाहरू माझ सांगीतिक प्रस्तुतिका लागि तेस्रो पटक यहाँ आएकी गायिका सिन्धु मल्लको क्रेज देखेर दर्शकहरु अचम्मित भए ।

    यतिबेला नेपालबाट सिन्धुको साथमा अर्की लोक गायिका चन्दा अर्याल पनि अष्ट्रेलिया आएकी छिन् ।

    तीज धमाका २०१७ को अष्ट्रेलियाको सिड्नी र अरेन्ज शहरमा शो भैसकेको छ भने एडिलेडमा अगष्ट ५ मा शो हुँदै छ । ‘यस पटक पहिला भन्दा पनि बढी माया पाएँ,’ कार्यक्रममा सिन्धुले भनिन्,’जहिले आउँदा पनि ताजा भईन्छ यहाँ त ।’

    हुन त कार्यक्रम महिलागरूको महान चाड तीज सम्बन्धी थियो तर सिन्धुको गीत र क्रेजले पुरूषहरूलाई पनि तानेको देखिन्थ्यो ।

    सिड्नीमा ४०० भन्दा धेरै दर्शकहरू थिए भने १२० जना नेपालीहरू भएको अरेन्ज भन्ने स्थानमा १०४ जना दर्शकहरूको सहभागी थिए ।

    कार्यक्रममा सिन्धु र चन्दाले बिशेष गरेर आफ्ना तीज सम्बन्धी गीतहरू प्रस्तुत गरेका थिए र पुरूष दर्शकहरूका लागि सिन्धुले आधुनिक गीत पनि गाएकी थिइन् । ‘म आज सबै स्रोताहरूलाई मनोरन्जन दिलाउने छु,’ सिन्धुले भनिन् ।

    सिन्धु र चन्दाको गीतसंगै सिड्नीवासी नेपालीहरू स्थानी कलाकारहरू पबित्रा न्यौपाने,सपना खत्री र सुशीला लामा लगायतका नृत्यमा रमाएका थिए ।

    कार्यक्रम आयोजकले कार्यक्रम सफल भएको बताए । ‘यस्तो कार्यक्रमको आयोजना गर्न पाउनु पनि गौरब कै कुरा हो,’ आयोजक वीरेन्द्रदीप मल्लले भने ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel