• Breaking News

    Tuesday, July 25, 2017

    सुस्मिताको पत्रकारलाई धम्की-‘आधा घन्टा पर्खी, तेरो बाउको बिहे देखाइदिन्छु’





    उत्सवः हेलो…
    सुस्मिताः हेलो…
    उत्सवः हजुर हजुर
    सुस्मिताः को उत्सव हो ?
    उत्सवः अ उत्सव बोल्दैछु ।
    सुस्मिताः ओइ गधा त कहाँ भन त, म आउँदैछु ।
    उत्सवः म स्टार मलमा छु दिदी, भन्नुन ।
    सुस्मिताः म आउँदैछु । आज तेरो बाउको बिहे नदेखाइ छोड्दिन, पख न ।
    उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ ।
    सुस्मिताः पर्खिराख त्यहाँ मलाई । कतिबेज होइन, आधा घन्टामा आउँछु । तैले अती निहुँ खोजिस्, आज म तलाइ देखाउँछु ।
    उत्सवः हुन्छ, कतिबजे आउनुहुन्छ ।
    सुस्मिताः कतिबेज होइन । भागिस् भने फेरि…
    उत्सवः कतिबजे आउनुहुन्छ ।
    फोन सम्पर्क विच्छेद भयो)

    माथि उल्लेख गरिएको संवाद चलचित्र पत्रकार संघका सदस्य समेत रहेका रंग पत्रकार उत्सव रसाइली र नायिका तथा निर्मात्री सुस्मिता केसी विचको हो ।

    सुस्मिताले फोन संवादमा आफू आधा घन्टामा उत्सवको अफिसमा आउने र पत्रकार रसाइलीको बाउको बिहे देखाउने भन्दै धम्की दिएकी छिन् ।

    फोन संवाद अगाडि नायिका तथा निर्मात्रीले उत्सवको नाम मेन्सेन गर्दै स्टाटस लेखेकी थिइन् । विशेषगरि, उनले चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघले एकसाथ बसेर निर्माता सुनिल रावल र नायिका स्यारोन श्रेष्ठविचको पछिल्लो समय चलिरहेको विवाद मिलाएपछि स्टाटस लेखेकी थिइन् । स्टाटसमा उनले ‘उत्सव बहिनी’ भन्दै सम्बोधन गरेकी थिइन् भने फेरि ‘सरी उत्सव भाइ’ लेखेकी थिइन् । उनै, सुस्मिताले आजै बिहान पत्रकार रसाइलीसँगको च्याटमा ‘यो रसाइली भनेको कुन जातको हो’ भनेर सोधेकी पनि थिइन् ।

    सुस्मिताको यो क्रियाकलापको चर्को आलोचना भएपनि उनले पत्रकार रसाइलीलाई फोन गरेरै धम्की दिएपछि विवादले चर्को रुप लिने देखिएको छ । नायिका केसीले अर्की पत्रकार स्वस्तिका चिलवालको नाममा समेत स्टाटस लेख्दै उनीमाथि तल्लो स्तरको भाषा प्रयोग गरेकी छिन् ।

    काण्डै काण्डले डुबाउँदैछ नेपाली चलचित्र
    नेपाली चलचित्र पछिल्लो केही बर्षयता फक्रदै छ । चलचित्र क्षेत्रमा पढेलेखेका नायक-नायिकाको आगमन भैरहेको छ । चलचित्र निर्माणमा निर्मातादेखि सम्पूर्ण चलचित्रकर्मीले निकै मिहिनेत पनि गरिरहेका छन् । हलमा दर्शकहरुको संख्या पनि बढिरहेको छ । धेरै नेपाली चलचित्रले त बलिउड चलचित्रलाई नै विस्थापित गरेका छन् । यसैले, पनि चलचित्र क्षेत्रमा सुखद पलहरुको सुरुवात भैरहेको छ ।

    तर, यस्तो अवस्थामा पछिल्लो एक महिनामा देखिएका काण्डै काण्डहरुले फेरि चलचित्र क्षेत्रको अवस्था कमजोर बनाइरहेको छ । अश्लिल भिडियो काण्डदेखि मोडलको नांगो तस्बिर सार्वजनिक हुँदै कास्टिङ काउचको कुराले चलचित्र क्षेत्रलाई बदनाम बनाउँदै लगेको छ । यसले फेरि एकपटक चलचित्र क्षेत्र भनेपछि मानिसहरुले नाक खुम्च्याउनुपर्ने अवस्था सिर्जित हुँदैछ ।

    त्यसमाथि, एउटा जिम्मेवार र सिंगो देशले नै सम्मान गरेकी नायिका तथा निर्मात्रीले फेसबुकमा प्रस्तुत गरेका शब्दले आम दर्शकलाई झसंग बनाइदिएको छ । असन्तुष्टी व्यक्त गर्ने ठाउँ प्रशस्त हुनसक्छन् । समाचारमा चित्त नवुझेको खण्डमा विभिन्न निकायमा उजुरी गर्न पनि सकिन्छ । तर, सुस्मिताले आम मानिसले हेर्ने सामाजिक संजालमै यस्तो भाषा प्रयोग गर्दै पत्रकारलाई तुच्छ गाली गरिरहेकी थिइन् । उनै, केसीले आज फोन सम्पर्कमै तुच्छ भाषा प्रयोग गरेकी छिन् ।

    चलचित्र क्षेत्रलाई बदनाम गर्ने अधिकार कसैलाइ पनि छैन । आफूलाई चलचित्रकर्मी भन्दै राज्यबाट सम्मान खोज्ने चलचित्रकर्मीले यो क्षेत्रमा आफूले गर्ने सानो भूलले पनि ठूलो असर पुग्छ भन्ने कुरालाई सोच्ने कि नसोच्ने ?

    यो बिषयमा विभिन्न संघसंस्थाहरुले पनि सोच्नुपर्ने बेला आइसकेको छ । हरेक बर्ष पिकनिकको आयोजना गर्ने कलाकार संघले अब कलाकारका लागि सचेतना कार्यक्रमको आयोजना गर्ने किन नगर्ने ? चलचित्र निर्माता संघदेखि अन्य संघ संस्थाले आ-आफ्ना सदस्यहरुलाई राखेर यस्तो बिषयमा बहस चलाउने कि नचलाउने ?

    यस्ता घटनाहरु बढ्दै जाने र सबैजना टुलुटुलु हेरेर बस्ने हो भने, चलचित्र क्षेत्रको बदनाम हुनेछ । यो बिषयमा फेरि एकपटक सबैले सोच्नुपर्ने बेला आएन र ?

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel