• Breaking News

    Saturday, July 22, 2017

    चलचित्रसँगै व्यापार-व्यवसायमा विल्सन र केकीको रूची





    हाँस्य कलाकार विल्सन विक्रम राइ र नायिका केकी अधिकारीले चाडै नै व्यवसाय सुरु गर्ने बताएका छन् । ललितपुरको कुमारी पार्टीमा संचालनमा आएको ‘फेमिली स्टोर उद्घाटन’ गर्न पुगेका यी दुइ कलाकारले चलचित्र यात्रासँगै व्यवसायमा पनि रुची देखाएका हुन् ।

    यो स्टोरमा एउटा परिवारका लागि आवश्यक पर्ने सबै सामग्री उपलब्ध रहेको संचालकले बताएका छन् । फेमिली स्टोर गत भ्यालेन्टाइन डेबाट काठमाण्डौको भिमसेन गोलामा पनि संचालनमा आएको थियो ।

    चलचित्र ‘रातो घर’मा लगानी गरेका विल्सनले आफूलाई पनि व्यवसाय संचालन गर्न मन लागेको सुनाए । नायिका अधिकारीले भने होटल व्यवसाय संचालन गर्न मन लागेको सुनाइन् ।

    राजेन्द्र लिङ्दिनेको लगानीमा संचालनमा आएको यो स्टोरमा बच्चाहरुका लागि विशेष खेलौना तथा सामानहरु उपलब्ध रहेको छ ।२०७४ साउन ८ गते ११:१६ मा प्रकाशित

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel