• Breaking News

    Monday, July 31, 2017

    ओरल सेक्सले यसरी बर्बाद गरिदिन्छ जिन्दगी


    बीबीसी

    ओरल सेक्सले खतरनाक गोनोरिया (असुरक्षित यौनसम्बन्धमार्फत फैलिने संक्रमण) पैदा गर्ने गर्दछ र कण्डमको प्रयोग नगर्दा यो फैलनमा मद्दत मिल्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को भनाई छ ।

    डब्लूएचओले गोनोरिया रोगको उपचार गर्न निकै गाह्रो भएको र कहिलेकाँही यसको उपचार असम्भव नै भएकोसमेत चेतावनी दिएको छ ।

    सेक्सुअली ट्रान्समिटेड इन्फेक्शन (एसटीआई) तिब्र रुपमा एन्टिबायोटिक्स (प्रतिरोधी औषधी) का लागि बाधा पैदा गरिरहेको छ ।

    विशेषज्ञका अनुसार केही नयाँ औषधीले गम्भीर समस्या निम्त्याएको छ । ७.८ करोड मानिसहरु हरेक वर्ष गम्भीर यौन संक्रमणबाट पीडित हुन्छन् र यसको प्रत्यक्ष सम्बन्ध प्रजनन क्षमतामा पर्ने गर्दछ ।

    डब्लूएचओले ७७ देशको आँकडा विश्लेषण गर्दै एन्टिबायोटिक्सका लागि गोनोरियासँग जुघ्नु त्यति सजिलो नभएको निष्कर्ष निकालेको छ ।

    डब्लूएचओकी डा. टेवदोरा वीले जापान, फ्रान्स र स्पेनजस्ता तीन देशमा यो रोगको कुनै उपचार नभएको बताएकी छिन् ।

    उनले भनिन्, ‘गोनोरिया एक निकै चलाख किटाणु हो । हरेक समय तपाईं एन्टिबायोटिक्सबाट गोनोरियाको उपचार गर्नुहुन्छ तर किटाणुमाथि यसको कुनै असर पर्दैन । चिन्ताको कुरा के छ भने गोनोरियाका धेरैजसो मुद्दा गरिब देशमा छन् जहाँ उपचार निकै मुश्किल छ ।’

    ओरल सेक्सः

    गोनोरियाबाट गुप्ताङ्ग, गुद्वार र गलामा संक्रमण हुनसक्छ र यसको असर दिनानुदिन बढ्ने गर्दछ । डा. वीका अनुसार एन्टिबायोटिक्स गलामा जिवाणुलाई जन्म दिने गर्दछ र यसमा गोनोरियासँग जोडिएका केही कुरामा पनि समावेश हुन्छन् ।

    उनले भनिन्, ‘यदि सामान्य घाँटी दुखेमा उपचारका लागि एन्टिबायोटिक्सको प्रयोग गर्नुहुन्छ भने त्यो घाँटीमा पाइने नाइसेरिया प्रजातिको जिवाणु हुन्छ जसले प्रतिरोधी क्षमता विकास गर्दछ ।’

    गोनोरिया जिवाणुको हमला यस्तो स्थितीमा ओरल सेक्समार्फत हुने गर्दछ र कडा किसिमको गोनोरिया फैलने आशंका रहन्छ ।

    गोनोरिया के हो ?

    यो रोग जिवाणुजनित हो जसलाई नाइसिरिया गोनोरिआ भनिन्छ । यो संक्रमण असुरक्षित भजाइनल, एनल र ओरलसेक्समार्फत फैलने गर्दछ ।

    यसबाट संक्रमित मानिसहरुमा १० मध्ये एक हेट्रोसेक्सुअल पुरुष हुन्छन् जर ७५ प्रतिशत महिला र गे पुरुष हुन्छ । यसको लक्षण पहिचान गर्न सजिलो छैन ।

    तर यसको लक्षणमा यौनाङ्गबाट हरियो र पहेंलो पदार्थ निस्कने पर्दछ । यसका साथै पिसाब गर्ने बेला पीडा र महिनावारी हुँदाको रगतबाट यो रोगको पहिचान हुने गर्दछ ।

    यस्तो प्रकारको इन्फेक्सन जसको उपचार सम्भव छैन त्यसबाट प्रजनन क्षमतामा सिधा असर पर्ने गर्दछ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel