• Breaking News

    Saturday, July 22, 2017

    सार्वजनिकरुपमा यातना पाएकी किशोरीको प्रेमीलाई ज्यान मार्ने धम्की, किशोरी माइती नेपालको संरक्षणमा


    विन्दुकुमार चौहान

    लुम्बिनी– गैरजातिसँग प्रेम गरेको आरोपमा रुपन्देहीको मर्चवारमा निर्घात कुटिएकी किशोरीको प्रेमी दिनेश लोधलाई प्रेमिकाको आफन्तबाट ज्यान मार्ने धम्की आएको छ ।

    रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. ६ बेलौहा निवासी लोधलाई पे्रमिकाकाले ज्यान मार्ने धम्की आएको लोधले बताए । आफूलाई निर्घात कूटपीट गर्ने प्रेमिकाका बाबु इन्नर अहिरलाई मात्रै प्रहरीहिरासतमा राखी ज्यान मुद्दा चलाए पनि कुटपिटमा संलग्न अन्य फरार रहेका छन् ।

    उनले गाउँ समाज अगाडि आफूलाई निर्घात कूटपीट गरी फरार रहेका प्रेमिकाका दाजु समरीमाई गाँउपालिका ६ डिहुली बस्ने १८ वर्षीय दिनेश यादव, माइला बुवा ५५ वर्षीय लालमोहन अहिर, उनको श्रीमती प्रभावती अहिर, दयानन्द यादव, मुन्नर कुर्मी र पशुपति कोइरीले ज्यान मार्ने पटकपटक धम्की दिइरहेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
    छोरा दिनेश लोधलाई प्रहरीले आफनो संरक्षणमा राख्ने जिम्मा लगाए पनि फरार रहेका घटनामा संलग्न ती ब्यक्तिहरु जुनसुकैबेला अर्को घटना घटाउन सक्ने चेतावनी दिदै हिडिरहेकाले तत्काल पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढाउन काका राजु लोधले आग्रह गरेका छन् ।

    रुपन्देही प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता बेलबहादुर गौतमकाअनुसार निर्घात कुटिएकी किशोरीका बाबु ईन्नर अहिरलाई प्रहरी हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाइएका र अन्य फरार रहेकाको खोजी कार्य भइरहेको छ । किशोरी मीना यादवलाई माइती नेपालको संरक्षणमा राखिएको र उनको प्रेमी दिनेशलाई निज कोका राजु लोधको जिम्मा लागाइएको पनि डीएसपी गौतमले जानकारी दिए ।

    लोध थरको युवकसँग प्रेम सम्बन्ध गाँसेको आरोपमा युवतीका बाबू ईन्नर अहिर सहित ६ जना ब्यक्तिहरु प्रेमीप्रेमिकालाई निर्घात कूटपीट पश्चात लोधको बिबाहित श्रीमती भएको कारण केटी भित्रयाउन नमानेपछि जरिवाना स्वरुप ईलाका प्रहरी कार्यालय बिचौवापुर समक्ष एकलाख रुपैया तिर्न लगाएका थिए । साथै किशोरीलाई बीच सडकमै परिवारका ठूलो समूहले लाठी, मुङग्रो र लात्तै लात्तीले समेत हानेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

    यो पनि पढ्नुस्ः
    प्रेम गरेको भन्दै युवतीलाई बीच सडकमै यसरी कुट्यो समाजले (भिडियोसहित)
    प्रेम गर्दा कुटाई खाएकी युवतीले दिइन् बयान

    प्रेम प्रसंगमा कुटपिटकाण्डः गृह मन्त्रालयको निर्देशनमा रुपन्देही प्रहरीले लियो एक्सन

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel