• Breaking News

    Saturday, July 22, 2017

    बझाङमा स्यालको बिगबिगी, आक्रमणबाट वडा सदस्यसहित २५ घाइते


    फाइल तस्वीर

    ८ साउन,बझाङ । स्यालको आक्रमणबाट बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका वडा अध्यक्षसहित २५ जना घाइते भएका छन् ।

    बझाङको जयपृथ्वी नगरपालिका –४ गोलाई र ३ पडेसका गरी २५ जना घाइते भएका हुन् । स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–४ का वडाध्यक्ष गगन खातीसहित शेरबहादुर खाती, वीरेन्द्र सार्की, कविराज जोशी, गगन उपाध्याय, राजु उपाध्याय, सुर्य थापालगायत १५ जना घाइते भएकोे स्थानीय नरेन्द्र खातीले बताए ।

    जयपृथ्वी नगरपालीका ३ पडेसमा पनि स्यालकै आक्रमणबाट झन्डै ६ जना घाइते भएका छन् । स्यालको टोकाइबाट जयपृथ्वी नगरपालिका–३ का सुशील खाती घाइते भएका छन् ।

    सदरमुकाम चैनपुरबाट घर जाने क्रममा स्यालले आफूसंगै रहेका अन्य ४ जनालाई आक्रमण गरी सामान्य घाइते बनाएको खातीले बताए ।

    जयपृथ्वी नगरपालिका ३ पडेसमा रहेको आर्मी ब्यारेकमा डिउटीमा रहेका आर्मीलाई समेत स्यालले आक्रमण गरी घाइते बनाएको छ । स्यालको आक्रमणबाट अहिलेसम्म २५ जना बढी घाइते भएका छन् । शनिबार साँझ मात्रै स्यालको आक्रमणबाट गोलाइका ८ जना घाइते भएका थिए ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel