• Breaking News

    Monday, July 31, 2017

    चन्द्रनहर बाँध फुट्यो, दर्जनौ विगाहा धानखेत पुरियो, किसानहरु चिन्तित


    सौरव यादव

    राजविराज – सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित नेपालकै पुरानो चन्द्रनहर फुटेपछि किसानहरुको सयौं बिगहा धान नष्ट गरेको छ ।

    जिल्लाको कन्चनरुप नगरपालिका ८ स्थित बेरियर भन्दा पश्चिम रहेको चन्द्र नहर भत्किदा करिब ५ बिघा जमिन जलमग्न भै रोपेको धान बालुवाले पुरेर नष्ट हुन पुगेको छ ।
    करिब १० देखि १५ मिटरसम्म फुटेको सो नहरको पानीले त्यहाँ लगाइएको दर्जनौं बिघाको धानखेत अहिले डुवानमा परेको इलाका प्रहरी कार्यालय कंचपुरले जनाएको छ ।

    श्रोतका अनुसार नहरमा धेरै पानी खोलेका कारण फुटेको तथा किसानहरुले मेहनतका साथ खेतमा लगाईएको धानबालीमा पुर्ण रुपमा क्षति भएको हो ।

    आईतबार बिहान एक्कासि नहर फुटदा हेर्ने मानिसहरुको समेत अहिले भिड लागेको स्थानीयबासीहरुले बताएका छन ।
    यता फुटेको नहरको बाधलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    विगत दुई बर्ष अगाडी पनि चन्द्रनहरको दुई ठाउँमा बाध फुटेर सयौ बिघा धान खेती नष्ट भएको थियो । सम्भवत मुलुककै पुरानो चन्द्र नहर बर्षौदेखि जिर्ण भएकै कारणले जिल्लाका सयौं बिगहा खेती योग्य जग्गा सिंचाईको अभावमा बाँझै रहेको थियो ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel