• Breaking News

    Monday, July 31, 2017

    नेपाल आइडलका सुरजको ओ प्रिया सार्वजनिक





    बुबाको लाउरे बनोस् भन्ने चाहनालार्इ लत्याउँदै नेपाली संगीत आकाशमा चम्कने उद्देश्यका साथ नेपाली सुगम संगीतको क्षेत्रमा होमिएका गायक हुन् सुरज थापा। नेपाली संगीतमै लागेर केही गर्छु भन्ने सपना बोकेका उनी वर्षाैंदेखि यही क्षेत्र सक्रिय छन्। निकै संघर्ष गरेर यो क्षेत्रमा आएका उनको पहिलो एल्बम क्रन्दन केही वर्ष अगाडि बजारमा आएको थीयो।

    क्रन्दन भित्रको ‘बहुला हुँ म बहुला’ गीत तथा भिडियोले उनलाई निकै चर्चा दिलायो। सोही एल्बममा समाबेश दोश्रो गीत ‘ओ प्रिया’ को भिडियो सार्वजनिक भएको छ। शब्द संगीत तथा स्वर समेत गायक थापाकै रहेको यस गीतको भिडियोलाई हरि हुमागाईंले निर्देशन गरेका हुन्।

    भिडियो उत्तम हुमागाईंले छायाङ्कन गरेका हुन्। निराजन प्रधान र सुमी मोक्तान अभिनित भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन्। भिडियो सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो र युट्युब मार्फत रिलिज गरिएको छ।

    यस गीत तथा भिडियोले आफ्नो साङ्गीतिक करीयर माथि उकास्न सहयोग गर्नेमा आफू विश्वस्त रहेको गायक थापाले बताएका छन्।

    पछिल्लो समय नेपाल आईडलमा सहभागी भएका उनको चर्चा नेपाली संगीत ब्रित्तमा निकै हुने गरेको छ। यो गीत तथा भिडियोले उनको नेपाल आईडल यात्रा अझै सहज हुने आंकलन गरिएको छ।
    २०७४ साउन १५ गते १५:५८ मा प्रकाशित (२०७४ साउन १६ गते ११:०२मा अद्यावधिक गरिएको)

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel