• Breaking News

    Tuesday, July 25, 2017

    नेपाली सेनाद्वारा एकहजार १०० बिरुवा रोपियो


    पोखरा । नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा आज पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा एक हजार १०० बिरुवा रोपिएको छ ।

    कार्यक्रममा पश्चिम पृतनापति उपरथि जगदीशचन्द्र पोखरेलले वातावरणलाई स्वच्छ र हराभरा बनाउन वृक्षारोपण अपरिहार्य भएको बताए । उनले बिरुवा रोप्नु मात्र ठूलो काम नभएको बताउँदै त्यसको संरक्षण गर्न सकेमा नै वृक्षारोपणले सार्थकता पाउने उल्लेख गरे ।

    सहायक वन अधिकृत नवीन विश्वकर्माले एउटा स्वस्थ मानिसका लागि २४ घण्टामा १६ किलोग्राम अक्सिजन आवश्यक हुने बताउँदै वर्षेनी बढ्दो जनसंख्याको चापलाई दृष्टिगत गरी वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए ।

    कार्यक्रममा सिद्धिबक्स गणका गणपति प्रमुख सेनानी मदन थापा क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्य, डिन नरेन्द्र विक्रम गुरुङलगायतले वृक्षारोपणको महत्वबारे आआफ्ना धारणा राखेका थिए ।
    सिद्धिबक्स गणका सेनानी सुरेन्द्र कार्कीका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरमा १०० र सेती दोभानमा एक हजार संख्यामा अशोक, पारिजात, गुलमोहर, कपुर, निम, राजवृक्षलगायत विभिन्न जातका बिरुवा रोपिएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel