• Breaking News

    Saturday, July 1, 2017

    हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक आज दिनभर पनि नखुल्ने


    शुक्रबार दिउँसो कालीखोला क्षेत्रमा गएको पहिरो । फोटो सौजन्य : नारायणगढ मुग्लिन सडक आयोजना कार्यालय ।

    चितवन – पहिरो गएका कारण शुक्रबार बिहानैदेखि नारायणगढ मुग्लिन सडक खण्डमा यातायात ठप्प आज शनिबार दिनभर पनि नखुल्ने सम्भावना छ । कालीखोला नजिक यस वर्षकै ठुलो पहिरो गएका कारण अवरुद्ध बाटो आज दिउँसो तीन चार बजे मात्रै खुल्ने सम्भावना रहेको नारायणगढ मुग्लिन सडक आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

    आयोजनाका अधिकारीहरुले हिजो शनिबार मध्यान्हसम्म मात्रै बाटो खुल्ने सम्भावना रहेको बताएका थिए । तर काम गर्न निकै अफ्ठ्यारो भएका कारण सडक खुल्न समय लाग्ने भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । कालीखोला नजिक शुक्रबार बिहान आठ बजे पहिरो गएको थियो । सो पहिरो सफा नहुँदै दिउँसो सवा एक बजे फेरि ठुलो पहिरो गएको हो ।

    ‘बिहान गएको पहिरो सफा गरेर नभ्याउँदै फेरि ठूलो पहिरो झ¥यो । सडकमा ५० हजार घन मिटर ढुंगा र माटो थुप्रिएको छ । यो सिजनमा गएको हो अहिलेसम्म कै ठुलो पहिरो हो’ आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

    नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो जाने समस्या सुरु भएको हो । असार लागेसँगै सो सडक खण्डमा पहिरोको समस्या सुरु भएको हो । कालीखोला क्षेत्रमा पटक पटक पहिरो जाँदा गाडी बन्द हुनुका साथै यात्रुको ज्यानै जाने गरेको छ ।

    यसअघि काली खोला क्षेत्रमा असार आठ गते मध्यरातमा पहिरो जाँदा प्रहरीको भ्यान नै बगेको थियो । सो भ्यानमा रहेका चारजना प्रहरीमध्ये तीनजनाको शब फेला परेको थियो । भ्यान र एकजना प्रहरी फेला पर्न सकेनन् । सो दिन यातायात सेवा २० घण्टा बन्द भएको थियो । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको मानिने सो सडकमा १० हजार गाडी दैनिक ओहर दोहर गर्छन् ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel