• Breaking News

    Friday, July 21, 2017


    भूमिराज जोशी

    डोटी–आर्थिक वर्ष २०७३÷०७४ को अन्तिम १० दिनमा डोटी जिल्लामा ६९ करोड, ६६ लाख ३९ हजार दुई सय ६५ रुपैयाँ खर्च भएको छ । जिल्लामा फेरी पनि ६६ करोड ४० लाख ८९ हजार सात सय ३० रुपैयाँ फ्रिज भएको छ ।

    कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले गत असार २१ गते दिएको जानकारी अनुसार सो दिनसम्मको पुजिँगत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएकोमा असार मसान्तसम्म ७८.७९ प्रतिशत खर्च भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रक ईश्वर कुमार श्रेष्ठका अनुसार गत आवमा जिल्लाका लागि चालुतर्फ चार अर्व, २३ करोड, ८३ लाख, ४८ हजार, पाँच सय ४३ र पुँजीगततर्फ एक अर्व ८२ करोड, ६४ लाख, २५ हजार आठ सय ८८ गरी ६ अर्व ६ करोड, ४७ लाख, ७४ हजार, चार सय ३२ रुपैयाँ बजेट बिनियोजन भएको थियो । सोमध्ये चालुतर्फ तीन अर्व, ९६ करोड, १६ लाख, सात हजार, तीन सय १० र पँजीगततर्फ एक अर्व, ४३ करोड, ९० लाख, ७७ हजार, तीन सय ८४ गरी पाँच अर्व ४० करोड, ६ लाख, ८४ हजार ६ सय ९५ रुपैयाँ खर्च भएको छ ।

    असार २१ गतेसम्मको तथ्याँक अनुसार पुँजीगततर्फ ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी थियो । तर, १० दिनमै पुँजीगततर्फको रकम ३० करोड, ९७ लाख, ७५ हजार, चार सय ९७ खर्च भएको छ । यस्तै सो अवधीमा चालुतर्फ ६६ करोड ३६ लाख पाँच हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको थियो भने १० दिनमा ३८ करोड, ६८ लाख, ६३ हजार, सात सय ६८ खर्च भएको छ । अव चालु तर्फ २७ करोड, ६७ लाख, ४१ हजार दुई सय ३२ र पुँजीगततर्फ ३८ करोड, ७३ लाख, ४८ हजार, पाँच सय तीन रकम फ्रिज भएको छ ।

    कोलेनिकाको कार्यालयले दिएको जानकारी चालु तर्फ ६.५३ र पुँजीगततर्फ २१.२१ प्रतिशत फ्रिज भएको भएको छ । कुल बजेटको ८९ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ ।

    आर्थिक बर्ष २०७२÷०७३ मा डोटी जिल्लामा कुल वजेटको ९० प्रतिशत खर्च भएको थियो । यस वर्ष डोटीमा ११ करोड, ३७ लाख, ८९ हजार तीन सय ९१ रुपैयाँ राजश्व संकलन भएको कोलेनिकाले जानकारी दिएको छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel