• Breaking News

    Tuesday, June 13, 2017

    तीन ठूला दलले एक वर्ष भित्रमा खर्ब भन्दा बढि भ्रष्टाचार गरेको भट्टराईको आरोप


    काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीन ठूला दलले एक वर्ष भित्र खर्ब भन्दा बढि भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका छन् । संयोजक भट्टराईले पार्टीको प्रथम वार्षिक उत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    तीन ठूला दलले सिन्डीकेट बनाएर बाँडीचुडी खाने नीति बनाएर देशको बह्मलुट गरेको उनले आरोप लगाए । उनले सरकारले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण चिनियाँ कम्पनीलाई दिएर ७ अरव कमिसन लिएको खुलासा गरे । संयोजक भट्टराईले ठूला दल अझै नसच्चिएको भन्दै आक्रोश व्यक्त गरे ।

    संयोजक भट्टराईले आफनो पार्टी मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित भएको दाबी गरे । उनले ‘हाम्रै पालामा आर्थिक समृद्धि सम्भव छ’ भन्ने पार्टीको नारा राष्ट्र निर्माणका लागि ऐतिहासिक भएको बताए । संयोजक भट्टराईले पहिलो चरणको निर्वाचनको परिणामबाट निराश नहुन पनि पार्टी नेता-कार्यकर्तालाई आग्रह गरे

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel