• Breaking News

    Thursday, June 29, 2017

    धान दिवसमा भक्तपुरमा ‘हिले पिरती’ (फोटो फिचर)

    १५ असार, काठमाडौं । वर्षा लागेसँगै यतिबेला किसानलाई भ्याइनभ्याई छ । ताछेर चिल्लो पारिएको आली र पानी भरेर लदबद बनाइएको खेतले मंसिरमा झुल्ने धानको लहलह बाला सम्झाउँछ ।
    बिहानै खेतका हिलाम्मे गह्रामा पस्ने हली, बाउसे र रोपाहारहरु दिनभर धान रोपाइँले बेफुर्सदी बन्छन् । यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ ।
    असारको १५ अर्थात् धाइधपेडीको यो दिनमा किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्न जुट्छन् । हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको काइदा हुन्छ । रोपाइँको बहाना र यही जिस्काजिस्कीमा छरछिमेकका ठिटाठिटीबीचको पिरती धानको बीउ जस्तै हरियो भएर मौलाउने मौका पाउँछ ।
    गाउँघरतिर धान रोप्ने मेलामा पर्म गराउने र तिर्ने व्यवहारले सामाजिक सम्बन्ध पनि यही बेला गाढा बन्छ । झमझम झरीको बीचमा हिलोबाट केहीबेर छलिँदै आलीमा टुसुक्क बसेर खाइने दही-च्यूराको स्वाद यो दिनमा अझ विशेष हुन्छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel