• Breaking News

    Thursday, June 29, 2017

    मोबाइल फोनबाट खिचिएको नेपथ्यको ‘घरको कुरा’



    काठमाडौं । लोक-रक ब्याण्ड नेपथ्यले आईफोनबाट खिचिएको म्युजिक भिडियो ‘घरको कुरा’ सार्वजनिक गरेको छ ।

    देश माओवादी द्वन्द्वको चपेटामा रहेको बेला १३ वर्षअघि अमेरिका यात्राको क्रममा नेपथ्यका अमृत गुरुङले लेखेको यो गीतको म्युजिक भिडियो भने निकै पछि गत वर्ष अमेरिकामै आईफोनबाट खिचिएको थियो । यो गीत नेपथ्यले सन् २००५ मा छैटौं एल्बम ‘घटना’ मा समेटेको थियो ।

    अमृतले विदेश जाँदा घरको सुख-दु:ख साट्न साथी खोज्दा सबै व्यस्त पाएको र त्यस क्रममा गाउँघर र देशको याद आएर मन बिथोलिँदा यो गीत लेखेको बताए ।

    ‘यस्ता घटना विदेश यात्राको क्रममा नियमित भोग्छौं र मन कुँडिन्छ’, उनले भने, ‘बिथोलिएको मनको त्यही भावनालाई गीतमा पोख्ने हो ।’

    भिडियो निर्माणबारे बताउँदै नेपालयका किरण श्रेष्ठले सन् २०१६ को अमेरिका यात्रामा आइफोनबाट खिचेका भिडियो सँगाल्ने क्रममा यो गीतको लागि उपयुक्त लागेको सुनाए ।

    ‘मलाई आईफोन भिडियोको प्रयोग गर्ने मन थियो, यस भिडियो मार्फत जुर्‍यो’, उनले उत्साहित हुँदै सुनाए ।

    भिडियोमा अमृत विभिन्न ठाउँ भौंतारिने क्रममा आफ्नो यात्रा र देश सम्झेको देखाइएको छ र लिरिकल रुपमा प्रस्तुत गरिएको छ ।

    गीतको शब्द, संगीत रचना र प्रस्तुति नेपथ्यले गरेको हो भने भिडियो नेपालयको निर्माणमा पदम बज्राचार्यले दृश्य सम्पादन गरेका हुन् । मोसन ग्राफिक र टाइटलिङ कथाहरु संस्थाका सशांक श्रेष्ठको टोलीले गरेको हो ।

    भिडियो:

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel