१४ असार, काठमाडौं । मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।झापा गाउँपालिका–१ ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम बाढ्ने क्रममा पक्राउ परेका हुन् । उनलाई रकम बाँड्ने क्रममा माओवादी केन्द्र, एमाले र संघीय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
उनले प्रतिभोट १ हजार नेपाली रुपैयाँका दरले वितरण गर्ने गरेको स्वीकारेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कारबाही गर्ने बताएको छ । आजकोगोरखापत्र दैनिकमा खबर छ ।
No comments:
Post a Comment