• Breaking News

    Thursday, June 29, 2017

    दुनियाका एक चौथाई मानिस फेसबुकमा, फेसबुक प्रयोगकर्ता दुई अर्ब नाघे


    सोसल नेटवर्किंगको दुनियामा क्रान्ति ल्याउने विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले अर्को किर्तिमान कायम गरेको छ ।


    फेसबुकका अनुसार विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ ।

    यस हिसाबले विश्वमा एक चौथाई भन्दा धेरै मानिसले फेसबुक चलाउन थालेका छन् ।

    फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन् ः आज बिहान फेसबुक समुदायले २ अर्ब प्रयोगकर्ताको संख्या पार गरेको छ ।

    उनका अनुसार फेसबुकले दुनियालाई जोड्ने तथा नजिक ल्याउने काम गरिरहेको छ ।

    स्मरण रहोस् फेसबुकपछि सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल साइट यु ट्युब हो । जसका प्रयोगकर्ता डेढ अर्ब छ । त्यस्तै ह्वाट्सएपका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड छ । एजेन्सी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel