• Breaking News

    Monday, June 12, 2017

    अष्ट्रेलियामा नेपाल चिनाउने जिम्मेवारी श्रृजनालाई



    १२ जून, क्यानवेरा । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्य अनुरुप सुरु भएको नेपाल सरकारको अतिथि देवो भवः अभियान अष्ट्रेलियाको जिम्मेवारी श्रृजना बस्नेत पाण्डेले पाएकी छिन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सिफारिसमा पाण्डेलाई नेपाल सरकार पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्ड र एनआरएनएले संयुक्त रुपामा मंगलवारदेखि यो भूमिका सुम्पिएको हो ।

    क्यानवेराबाट प्रसारण हुने नेपाली रेडियो एफएम ९१.१ का प्रस्तोताका रुपमा आफ्नो पहिचान बनाएकी पाण्डे अस्ट्रेलियामा आयोजना हुने अधिकांस साँस्कृतिक कार्यक्रमहरुमा कलाकार अनि उद्घोषिका रुपमा सहभागिता जनाउँदै आइरहेकी छन् ।

    क्यानवेरा र क्विनवेनमा आयोजना हुने बहुसांस्कृतिक मेलामा आफ्नो आकर्षक नृत्य मार्फत नेपाल चिनाउने यिनको प्रयास सह्रानीय छ ।

    न्यू साउथ वेल्सको क्विन्बियेन निवासी पाण्डे प्रभावसाली वाकशैली, मिजासिलो र सरल स्वभावका कारण क्विन्बियेन अनि क्यानवेरा दुवै भेगका नेपालीहरु माझ उत्तिकै लोकप्रिय छिन् ।

    अष्ट्रेलियामा बसोवास गर्ने लगभग एक लाख नेपालीहरुको प्रतिनिधित्व गर्दै आफूलाई दिईएको भूमिका एउटा अवसर रुपमा सदुपयोग गर्ने प्रण गर्दै मन, वचन र कर्मले नेपाल चिनाउने अभियानमा सक्रिय हुने बाउँछिन् ।

    सिर्जना भन्छिन्–‘मलाई यो जिम्मेवारिका लागि विश्वास गरिदिनुभएकोमा नेपाल सरकार अन्तरगतको पर्यटन बोर्ड र एनआरएनए अष्ट्रेलियाप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

    पाण्डेलाई दिइएको जिम्मेवारी अनुरुप उनले एनआरएनए अष्ट्रेलियाका हरेक निर्वाचित पदाधिकारीहरुसंग भेट गरी आफ्नो भूमिकाको बारेमा जानकारी गराउने छिन् र अतिथि देवो भवः अभियान मार्फत कम्तिमा तीनजना पाहुना नेपाल पठाउन उत्प्रेरित गर्नेछिन् ।

    यसरी जाने पाहुनाले नेपाल यात्रा अवधिभरका लागि अतिथि देवो भवः ब्याच पाउनेछन जसको कारण उनीहरुले नेपालमा उच्च सम्मान र सुबिधा उपभोग गर्न पाउनेछन ।

    आफूले पाएको यो जिम्मेवारीको खुसियाली सामाजिक संजालमा साटेसंगै उनलाई बधाई अनि शुभकामनाको ओईरो लाग्ने क्रम जारी छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel