• Breaking News

    Sunday, April 9, 2017

    विहानमा यी ९ कुरा देख्नु भो भने बुझ्नुस् तपाइँको दिन शुभ हुन्छ

    शुभ र मंगलमय दिनको शुरुवातका लागि ओच्छ्यानबाट उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् ।शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ ।

    जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत विहानमा हुने शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् । 

    १- विहानमा आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ । 

    २- विहान निद्रा खुलेपछी पहिलो आवाजकोरुपमा मन्दिरको घण्टी वा भजन किर्तन सुनियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । तर नियमित मन्दिरको नजिक बस्नेका लागि यो कुरा लागु नहुन सक्छ ।

    राशि अनुसार घरमा कुन जनावर पाल्नु शुभ, १२ राशिका आफ्नै शुभ जनावर 

    ३- विहानमा उँखु देखियो भने पनि आर्थिक अवस्था सुधार हुने शुभ संकेत मिल्छ ।

    ४- विहानमा उठ्नासाथ श्रृंगार गरेकी सुन्दरी महिला तपाइँको नजरमा परिन् भने दिन सुखद् हुने संकेत दिन्छ । ५- विहानमा नरिवल, हाँस, शंख देख्नु पनि शौभाग्यको प्रतिक मानिन्छ ।

    ६- घरबाट निस्किने बेला सेतो गाइ देखियो भने पनि यसले तपाइँको दिन शुभ हुने संकेत दिन्छ । ७- विहानको सपनामा सेतो वा स्वर्ण सर्प देखियो भने पनि तपाइँको घरमा पैसा आउने संकेत दिन्छ ।

    ८- यात्रामा जाने समयमा विहानै बाँदर, कुकुर वा सर्प वा कुनै पंछी देखियो भने यात्रा सुखद् हुने संकेत गर्छ । ९- विहानपख देखिने सपनामा हरियाली, उल्लु वा पानी देखियो भने बुझ्नुस् तपाइँको भाग्य छिटै चम्किँदैछ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel