• Breaking News

    Wednesday, March 29, 2017

    नाग देउताको एक दर्शनले सारा मनकामना पुरा हुने बिश्वासका साथ लाखौमा भीड



    सर्प देख्दा मात्र होइन सर्पको बारेमा कुरा गर्दाखेरी नै जिउ जिरिंग हुने मान्छे धेरै हुन्छन् । तर स्नेक दिदी नामले चर्चित यी महिलाले भने अहिलेसम्म ५१ हजारवटा सर्प समातिसकेकी छिन् । भारतको महाराष्ट्रस्थित बुलढाणाकी वनिता बोरहाडे विषालु सर्पलाई आफ्नो साथी ठान्छिन् ।
    १२ वर्षकी हुँदादेखिन् सर्प समाउने काम गर्न थालेकी विनिताले अहिलेसम्म आधा लाख भन्दा बढी वटा सर्प पक्रिसक्दा पनि उनलाई अहिलेसम्म कुनै सर्पले डसेको छैन ।

    अझ अनौठो कुरा त के भने उनले सर्प समाउन सर्पको पछि पछि कुँद्नु पर्दैन, सर्प नै उनीतिर आउँछन् । सर्प जति नै ठूूलो र विषालु होस् वनितालाई देखेपछि उनीतिर आउँछन् ।

    वनिताले सर्प देख्नेवित्तिकै त्यो विषालु भए नभएको पत्तो पाउँछिन् । आफ्नो मोबाइलको प्रकाशको सहायताले मात्रै पनि उनले कैयन् सर्प समातिसकेकी छिन् ।
    सहरमा कसैले खतरनाक सर्प देखेमा समाउनका लागि वनितालाई नै फोन गरेर बोलाउँछन् । वनिताले कुनै हतियार विना नै सर्प समाइदिन्छिन् अनि सर्पलाई सुरक्षित रुपमा जंगलमा लगेर छाडिदिन्छिन् ।

    सुरुमा त मानिसहरुले वनिताले जादु गरेर सर्प समाउने गरेको लख काटेका थिए । तर विस्तारै मानिसहरुले उनको क्षमता बुुझे र उनलाई वास्तविक सर्प दिदी भन्न थाले ।

    वनिता बाल्यकालदेखि नै आफ्ना आदिवासी साथीहरुसँग जंगलमा घुम्ने मौका पाइन् । नदीको पानीमा माछा पक्रिँदा पक्रिँदै उनले सर्प समाउन सिकिन् । बिहेपछि उनले पतिबाट पाएको प्रेरणाले आफ्नो शौखलाई पेशामा बदलिन् । उनले बालबालिकाहरुलाई सर्प पक्रिने तालीम पनि दिन्छिन् ।

    सर्पलाई नयाँ जिवन दिने वनितालाई राज्य सरकारले कैयौँ पटक सम्मानित गरेको छ । उनको जिवनी पाठ्यक्रममा पनि राखिएको छ । एजेन्सी

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel