• Breaking News

    Tuesday, February 28, 2017

    कतारमा एक नेपालीको मृत्यु....

    राजविराज, वैदेशिक रोजगारको सिलसिलामा सप्तरीको जमुनी मधेपुरा गाविसबाट कतार गएका राम सरदारको मृत्यु भएको छ ।

    जमुनी मधेपुरा–९ बस्ने ३५ वर्षीय सरदारको कोठामा सुतेको अवस्थामा मृत्यु भएको बताइएको छ । एक वर्षअगाडि कतार गएका उनको मृत्युको कारणबारे खुल्न नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

    टुसी इन्टरनेसनल म्यानपावर कम्पनी काठमाडाँबाट रोजगारीका लागि कतारमा सरदार राजमिस्त्रीको काम गर्दै आएका थिए । मृतक सरदारको पत्नी, एक छोरा र एक छोरी छन् ।

    यसैबीच मृतक सरदारको शव नेपाल ल्याइदिनका लागि उनका परिवारले सम्बन्धित निकाय र सरकारलाई आग्रह गरेका छन् ।

    रकम ठगी गर्ने महिला पक्राउ
    प्रेम विवाह सम्बन्धी मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीबाट रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा खोक्सर प्रवाह–१ बस्ने ३० वर्षीय ललितादेवी साह रहेको प्रहरीले जनाएको छ ।

    सप्तरीको बेल्ही चपेना–४ बस्ने दीपेन्द्र मण्डलसँग शम्भुनाथ नगरपालिका–१० बस्ने रञ्जिताकुमारी मण्डलको एक वर्षअगाडि प्रेम विवाह गर्ने सहमति भएको थियो ।

    सो विवाहमा रञ्जिताको माइतीपक्षबाट दीपेन्द्र मण्डललाई पढाई खर्चबापत रु पाँच लाख दिएको थियो र पछि दीपेन्द्रका घरपरिवारले दीपेन्द्रलाई अन्त विवाह गरी दिएपछि रकम फिर्ताको माग गर्दै रञ्जिताले राजविराजस्थित जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएकी थिइन् ।

    सोही पैसाको विषयमा मुद्दा मिलाइदिन्छ् भनी पटकपटक झुटा आश्वासन देखाई रञ्जिताकुमारी मण्डलसँग रु ३४ हजार पाँच सय ठगी गर्ने ललितालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । रासस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel