• Breaking News

    Tuesday, February 28, 2017

    रविन्द्र पनि मासिक ६ लाखको जागिर छाडेर राजनीतिमा ?

    दृष्टि साप्ताहिकमा खबर छ– मिश्र नयाँ स्थापना गर्न लागेका हुन । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत् समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीहरुलाई समेत समेटेर उनले राजनीति सुरु गर्न लागेक हुन् ।

    २ वर्ष पहिलेदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो । डा. बावुराम भट्टाराईसँग मिलेर नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो । तर मिश्रलगाएत केही ब्यक्ति उक्त पार्टीमा लागेनन् ।

    मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौडेल तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले लगाएत मिलेर नयाँ पार्टी गठनको तयारी गरेका थिए । तर, पौडेल चीनको राजदुत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो । अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोत बताउँछ ।

    जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमाल समेत उनले छलफल गरेका छन् । पूर्वप्रशासक तथा साहित्यकारहरुलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन् । सुशासन र देश विकासको भिजनसहितको घोषणापत्रहरु समेत तयार भइसकेको बातइन्छ ।

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Travel